देशभरको मौसममा सामान्य बदली र हिमपातको संभावना

काठमाडौं  – हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुसु–कुहिरो लागेको छ ।

त्यस्तै दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा भने आंशिक बदली रहने छ । आज राती भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।

त्यस्तै बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ । देशका उच्च पहाडी भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत हुने महाशाखाले जनाएको छ ।


प्रकाशित | १६ माघ २०७८, आईतवार ०९:३२