उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं : उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उदयपुर भुल्के निवासी ४३ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा नमूना परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण देखिएकी ती महिला स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिनुभयो ।

उदयपुरमा आज थपिएको १ सहित नेपालमा संक्रमण देखिनेको संख्या ११० पुगेको छ। संक्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेका छन्। मन्त्रालयका अनुसार उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था सामान्य छ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार ०९:०७