अनु राईको नेपाल बसाई र हङकङको क्वारेन्टाईन अनुभव

अनु राई

विश्वभरी फैलिएको महामारी कोरोना (कोभिड १९ ) को संक्रमण र रोकथाम तथा जोखिम न्यूनीकरणको लागि रास्ट्रब्यापी भएको लकडाउनको अवस्थामा बिपन्न बर्गहरुको साथ साथै हङ्कङबासी नेपालीहरुमा पनि ठूलो असर पर्न गयो। हङकङका बिद्यालयहरु बन्द भएका र केही रोजगारीका स्थलहरु बन्द भएका कारणले धेरै हङकङबासी नेपालीहरु छुट्टी बिताउन नेपाल गएका थिए।अचानक लकडाउन सुरु भयो। लकडाउन खुल्ने आशामा रहेका हङकङबासी नेपालीहरु झन झन लकडाउनको समय लम्बिदै गएको र यता हङकङमा कोरोनालाई नियन्त्रण र दुरि कायम गर्दै स्कुलहरु र रोजगारीका स्थलहरु नि खुलिने समाचारले हामी हङकङबासी नेपालीहरु छट्पटिन लाग्यौ।

यसै क्रममा म पनि नेपाल गएकी र लकडाउनमा परेकी थिए। एकदिन बिहानै फोनको घण्टी बज्यो..फोन उठाए..उता बाट पोखरामा लकडाउनमा पर्नु भएकी आदरणीय दिदी टीका गुरुङ्ग (अध्यक्ष NRNA हङकङ )ज्यु ले गर्नु भएको रहेछ। एनआरएनए हङकङद्वारा नेपालमा लकडाउनमा रहेका नेपालीहको नाम संकलन गरि हङकङ रिटन टिकटमा नै हङ्कङ फर्काउने कोसिस गर्न लागेको हुनाले दिदि एनआरएनए हङकङ अध्यक्ष र म एनआरएनए महिला संयोजक भएकी हुनाले दिदीले नाम संकलन गरौ है भन्नू भयो। मैले नि सहमत जनाई नामहरु संकलन गर्न लागे। सुरुमा ६०-७० हुँदै नाम संकलन गर्न थालिएको अभियान २००- ४०० बाट ११०५ सम्म पुग्यो। तर सबै कार्य पूरा भए नि केही कारणवश रिट्र्न टिकटमा नै हङकङबासी नेपालिहरुलाई हङकङ लान सकिएन।

बच्चाहरुको स्कुल खुलेको, भिसा सकिन लागेको, मेडिकल समस्याहरु भएको र काम छुट्ने समस्याहरुले सबै तनावमा थियौ। अन्ततोगत्वा आदरणीय दिदी टीका गुरुङ्ग ज्यु बाट हिमालयन एयरलाईन्स चार्टर गर्ने पहल सुरु भयो। यस्को लागि हार्वेस्ट मुन ट्रावललाई जिम्मा लगाईयो।सबै नेपालको प्रक्रिया पूरा गरि पैसा बुजाई हङकङ सरकारको स्वीकृति पर्खेर बसेको हामी अचानक हङकङ सरकारले हिमालयन एयर प्रबेश स्वीकृति नदिएको खबरले हामी सबै स्तब्ध भयौ। जसरी हुन्छ हङकङ फर्कन र फर्काउने धेरै प्रयासको पछी RA को दुई न्यारो बडि (हार्वेस्ट मुन को )र एउटा सन राईज ट्राभल्सको गरि जुन 1 तारिखको दिन ३ वटा राष्ट्रिय ध्वजाबाहक नेपाल एयर लाईन्सले ५८२ जना नेपालीहरु लिएर उड्यो।

जुन २ तारिख बिहान ३.३० मिनेटमा सकुशल हङकङ एयरपोर्टमा जहाज अवतरण भयो। जहाजको ढोका खुलेर बाहिर निस्कने बितिक्कै पिपिई लगाईएका कर्मचारीहरुले दिइएको निर्देशनलाई फलो गर्दै इमिग्रेशन पार गरि Asia World Espo मा लागि Covid -19 को टेस्ट गरियो। त्यसपछि Fotan quarantine Center मा लगियो।

एक्लै र परिवार संग बस्न सकिने भएकोले म एक्लै भएकोले पोखरा कि बैनी देवी पुन सङ्ग room share गर्ने सल्लाह भयो। कोठामा प्रबेश गर्ने बितिकै सफा कोठा र दुई जनाको लागि आवस्यक पर्ने हरेक कुरा हरु राखिएको देखेर एकदमै खुसी लाग्यो।

ब्रेकफास्ट, लन्च, डिनर टाईममा दिनुको साथै फलफुलहरु पानी र आवस्यक सामानहरु मगाउनु परेमा हटलाईनमा कल गरेर मगाउने ब्यबस्था पनि रहेछ। मागेको १-२ घन्टाको अन्तरालमा सामान आई पुग्ने रहेछ । हरेक कोठाको ढोका बाहिर एउटा एउटा टुल छ। जहाँ खाना र मागेको बस्तुहरु ल्याई राखी दिएर बेल बजाई सुचना गरिन्छ। ब्यबस्थित र सुरक्षित quarantine को लागि हङकङ सरकारलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। त्यस्तै सबै Health department का स्टाफहरु लाई पनि धन्यवाद दिन चाहन्छु।

नेपालमा हुँदा नै १४ दिन कसरी बिताउनु भनेर आत्तिएको मन quarantine को breakfast ,lunch, dinner मा रमाउदै, कोठामा ब्यायाम गर्दै, समाचार सुन्दै पढ्दै, म्युजिक सुन्दै पछाडिको झ्यालहरुबाट देखिने दृश्य हेर्दै रमाउदै समय बितेको थाह नि भएन छ। आफ्नु त नेपाली जिब्रो दाल भात, तरकारी, चट्नीमा रमाउने मन मसालेदार इन्डियन खानाले दिक्क भए पनि यी सबै तिता मिठा पलहरुलाई नयाँ अनुभव बटुल्ने अवसर को रुपमा लिएकी छु।

आज quarantine को अन्तिम दिन !!

कोरोनाको त्रास,लकडाउनको पीडा,चार्टर प्लेनको तनाव र quarantine यी सबैलाई नजिकबाट अनुभव गरेकी छु। परिवारबाट टाढा रहि ब्यबस्थित बन्दीगृहमा रहेकी महसुस गरेकी मैले यस्लाई त्याग र सौभाग्यको रुपमा नि लिएकी छु।

आज घर जादैछु। परिवार सङ्गको भेट र स्वतन्त्रताले खुसी महसुस गरिरहेको छु भने १४ दिन बिताएका यो कोठा, मेरो बेड, कुर्सी, टेबल, पंखा संग त्यसै त्यसै माया बस्न गएछ।आजका दिन पछी यो रुममा कैले फर्केर आउने छैन। मन भरिएर आयो..आँखाहरु रसाउनु लाग्यो… खै माया भन्ने कुरा पनि…

कस्तो कस्तो है..

अन्तमा आदरणीय दिदी टीका गुरुङ ( अध्यक्ष NRNA हङकङ)ज्यु लाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु। उहाँको पहल र सक्रियतामा हामी लकडाउनमा फसेका धेरै नेपालीहरु हङकङ आउन सफल भयौ।

हिजो नेपालबाट आउनु हुने RA का सबै हङकङबासी नेपालीहरुलाई स्वागत गर्दै सबै जना कोरोना नेगेटिभ हुनु भएकोमा बधाई दिन पनि चाहन्छु।

भगवान् सङ्ग यहि प्राथना गर्दछु कि चाँडै नै संसार कोरोना मुक्त होश।जीवन सरल तरिकाले चल्न सुरु होश…सम्पुर्ण परिवार, समाज, विश्वमा नै खुशियाली छाओस…

धन्यवाद !!!


प्रकाशित | १ असार २०७७, सोमबार २०:०८