शनिबार २ हजार ७५३ कोरोना संक्रमित थपिए, २ हजार २०६ जना डिस्चार्ज, १७ को मृत्यु

काठमाडौ – नेपालमा शनिबार २ हजार ७५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५१२ कोरोना संक्रमित थपिएका छन। काठमाडौंमा १ हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जना थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०६ जना डिस्चार्ज भएका छन् । यो सहित हालसम्म १ लाख ५५ हजार ११४ जना डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको जनाएको छ ।

हाल देशभर ३५ हजार ४३५ जना आइसोलेसनमा छन् भने १ हजार १४४ जना क्वारेन्टाईनमा रहेको मन्त्रालयले जनाएको छ


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार १६:५१