नेपालमा ५ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा मृतकको संख्या १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्नुभयो ।

प्रवक्ता डा.गौतमका अनुसार वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो । उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको गौतमले बताउनुभयो ।

गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो ।

बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताउनुभयो ।

नेपालमा पछिल्लो २४ घन्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १६:४१