प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग १

कोरोनाकै कारण मान्छे, झन झन बढी मर्न थाले ।
तराईबाट पहाड हुँदै, हिमाल तिर सर्न थाले ।

छ छ महिना डराएर,घर भित्रै थुनीएका,
खाद्यान्न सब् रित्तिएसि, संकटमा पर्न थाले

होटेल पसल, संघसंस्था, यातायात उद्योग धन्दा,
खुलेपछि मानीसहरु, चहलपहल गर्न थाले,

गाँस बास कपास सँगै, स्वास्थ्य शिक्षा रोजगारीको,
खोजी गर्न निडर भई, चारैतिर चर्न थाले ।

संक्रमितको संख्याले, खरायोको गति लिदा,
क्वारेन्टाईन, आइसोलेसन, आइसियू बेर्ड भर्न थाले ।

कालिञ्चोक गाउँपालीका- ८ सुनखानी, दोलखा


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार १८:४८