बिहीबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं: नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये २३० जना पुरुष र २० जना महिला छन्।

Ministry of Health and Population-Nepal को फोटो।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ। तीमध्ये ४ हजार २ सय ८५ पुरुष र ३२९ महिला छन्। यस्तै कोरोना भाइरसको संक्रमण निको भएर आज थप १८७ जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ८ जना महिला र १७९ महिला छन्।

Ministry of Health and Population-Nepal को फोटो।

नेपालमा हालसम्म ७२ जिल्लामा संक्रमण देखिसकेको छ । नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

Ministry of Health and Population-Nepal को फोटो।

प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार २०:१८