आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं: मुलुकमा आगामी ३ दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाद्वारा जारी बुटेलनिअनुसार हाल प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १ र २ स्थानमा हल्का बर्षा भइरहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान:-

जेठ २९ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ

जेठ ३० गते (शुक्रबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार ०७:५२