उपत्यकामा सोमबार थपिए ५१ कोरोना संक्रमित

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ। योसँगै कूल संक्रमितको संख्या ६६५ पुगेको छ।

सोमबार देशभर ४१८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ७५० पुगेको छ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १७:१८