बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं/एजेन्सी

भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको आज उपचारका क्रममा निधन भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर.. गए.. अहिले भर्खर बिते..म विक्षिप्त भएको छु ।’ अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए ।


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार ११:०९