टर्कीसँग विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी :  युरो कप छनोटमा टर्कीले फ्रान्सलाई स्तब्ध पारेको छ । युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो । कान आयहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सेन्गिज अन्डरले ४० औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए ।  जितपछि टर्की ३ खेलमा सतप्रतिशत जित सहित ९ अंक बनाएर समुह एचको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको फ्रान्सले दुई जित र एक हारको नतिजा ब्यहोरेको छ ।

फ्रान्सले अब समुह चरणको चौथो खेलमा एन्डोरासंग मंगलबार खेल्नेछ । टर्कीले सोही दिन आईसल्याण्डसंग खेल्नेछ । समुह एचकै अन्य खेलमा आईसल्याण्डले अल्बानियालाई र माल्डोभाले एन्डोरालाई समान १–० ले हराए ।

आईसल्याण्डले ६ अंक बनाएपनि गोल अन्तरका आधारमा फ्रान्सभन्दा तल तेस्रो स्थानमा रह्यो । माल्डोभाले समेत समुह चरणमा पहिलो जित दर्ता ग¥यो । एन्डोरा ंअंक विहिन हुदै तालिको पुछारमा छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०७:३६