मिस वर्ल्डमा अनुष्का : ‘भिजीट नेपाल’को लागि १ सय २५ देशलाई निम्त्याउँदै

लन्डन : मिस नेपाल अनुष्का श्रेष्ठ भिजीट नेपालको लागि १ सय २५ देशलाई निम्त्याउँदै हुनुहुन्छ । मिस वल्डमा सहभागि अनुष्काले भिजीट नेपालको लागि विश्वभरीबाट सहभागिहरुलाई निमन्त्रण गर्दै निम्त्याउन लागिपर्नुभएको हो ।

नेपाल सरकारले भिजीट नेपाल २०२० मनाउन लागिरहेको बेला लन्डनमा रहनु भएको अनुष्काले विश्वभरिका सबैलाई निमन्त्रण दिने क्रम जारी राख्नुभएको हो । मिस वल्ड नेपालको फेसबुकमार्फत अनुष्काले लाईभ गर्नुहुँदै विश्वभरिबाट सहभागि सुन्दरीहरुलाई भिजीट नेपालको लागि आग्रह गर्नुभएको हो ।

अनुष्काले भिजीट नेपालको लागि नेपालको झन्डा राखिएको भिजीट नेपालको प्रचार प्रसार बाँडिरहनु भएको छ । साथै अनुष्काले विश्वभरिका सुन्दरीलाई नेपाल चिनाउँदै नेपाललाई कहिल्यै बिर्सन नसक्ने गरि चिनो प्रदान गरिरहनु भएको हो ।

आगामी डिसेम्बर १४ तारिखमा हुन गइरहेको मिस वल्ड प्रतियोगिताको लागि विश्वभरीबाट करिव १ सय २५ देशको सहभागिता रहेको छ । मिस वल्डमा सहभागि अनुष्का यतिखेर मिस वल्डको आन्तरिक गृहकार्यमा ब्यस्त हुनुहुन्छ । अनुष्काले सबैमा सहयोगको लागि आग्रह समेत गर्नुभएको छ । यस पटक मिस वल्डमा नेपालको बलियो उपस्थिति देखिएको छ ।


प्रकाशित | १० मंसिर २०७६, मंगलवार १२:५५