लुक्ला विमान दुर्घटना : दुईको सनाखत (अपडेट )

सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ । विमान दुर्घटनामा परि ४ जनाले ज्यान गुमाएका थिए ।। चार जनामध्ये दुई जनाको सनाखत भएको हो । लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको हो । क्याप्टेन रवीन्द्र रोकाया र एक एयर होस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १०:५४