अमेरिकाबासी नेपालीलाई सोनाम लामाको अपिल- तोकिएकै समयभित्र सदस्यता लिई एनआरएनएमा गोलबन्द हुनुहोस

काठमाडौं । गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सोनाम लामाले अमेरिकाबासी नेपाली समुदायलाई तोकिएकै समयभित्र सदस्यता लिई एनआरएनएमा गोलबन्द हुन अपिल गर्नुभएको छ । उपाध्यक्ष लामाले एक बिज्ञप्ति जारी गर्नुहुँदै एआरएनए अमेरिकाको सदस्यता लिई एनआरएनएमा गोलबन्द भई एनआरएनएको विश्व संजालमा जोडिन अपिल गर्नुभएको हो ।

आउँदो फेबु्अरी १५,२०२१ सम्म सदस्यता अभियान चल्ने बताउँदै उपाध्यक्ष लामाले यस अवधि अगावै सदस्यता लिनुहुनका लागि अमेरिकाबासी सम्पूर्ण गैर आवासीय नेपालीहरुमा आग्रह गर्नुभयो । उपाध्क्ष लामाले भन्नुभएको छ, ‘तपाई सदस्य भैरहँदा केवल तपाई सदस्य हुने विषय मात्र रहँदैंन संघलाई कस्तो नेतृत्व दिने जस्ले आगामी दिनमा तपाई हाम्रा मुद्दाहरुको पनि नेतृत्व लिन सकोस् त्यस्तो नेतृत्व चुन्ने अभियानमा तपाईको सक्रियता रहन्छ । तसर्थ एनआरएनए अमेरिकाको सदस्यता लिई एनआरएनएमा गोलबन्द भई एनआरएनएको विश्व संजालमा जोडिन म सबै गैर आवासीय नेपालीमा अनुरोध गर्दछु ।’

गैर आवासीय नेपाली संघको संस्थागत विकास, संघलाई बलियो र सुदृढ संस्था बनाउने कार्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको भूमिका विगतदेखिनैं राम्रो रहँदैं आएको उल्लेख गर्नुहुँदै गैर आवासीय नेपालीको हरेक अभियानमा संस्थागत होस् वा व्यक्तिगत रुपमा अमेरिकावासी गैर आवासीय नेपालीले पुर्‍याउँदैं आउनुभएको योगदान महत्वपूर्ण रहँदैं आएको पनि बताउनुभयो ।

‘हामी गैर आवासीय नेपाली बलियो हुने भनेको तपाई हाम्रो साझा संस्था गैर आवासीय नेपाली संघलाई सुदृढ र बलियो बनाउनु हो’, उपाध्यक्ष लामाले भन्नुभएको छ, ‘त्यसका निम्ति तपाई हामी बढी भन्दा बढी संघमा आवद्व भएर प्रत्यक्ष रुपमा संघका गतिविधिमा सहभागि हुँदैं आवश्यक सल्लाह र सुझाव दिनु पर्ने हुन्छ । तसर्थ अहिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यता वृद्दि अभियान चलिरहेको छ । आउँदो फेबु्रअरी १५,२०२१ सम्म यो अभियान चल्नेछ । यस अवधि अगावै सदस्यता लिनुहुनका लागि म अमेरिका बासी तपाई सम्पूर्ण गैर आवासीय नेपालीहरुमा आग्रह गर्दछु ।’


प्रकाशित | १५ माघ २०७७, बिहीबार २१:५०