कुवेतमा रहेका नेपालीको उद्धार आजबाट शूरु हुँदै, पहिलो उडानमा १ सय ६८ नेपाली फर्काइदै

कुवेत: कुवेत सरकारको डोपोटेशन सेन्टर र शिविरमा रहेका नेपालीलाई आजबाट उद्धार गरिने भएको छ । कुवेतमा २ हजार ९ सय ९१ जना नेपाली यहाँको शिविरमा बस्दै आएका छन् । उनीहरुलाई आज बुधबारबाट फीर्ता गरिन लागिएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष तथा वैदेशिक रोजगार विभाग प्रमुख समेत रहनु भएको डा. बद्री केसीका अनुसार भोलि १० जुनका दिन कुवेतको जजिरा एअरवेजको १ उडानबाट डोपोटेशन सेन्टर र शिविरमा रहेका १ सय ६८ जनालाई नेपाल फर्काइदैछ ।

उपाध्यक्ष केसीका अनुसार सबै प्रक्रिया पुरा भइसकेको छ । सबै खर्च कुवेत सरकारको हुनेछ । कुनै प्राविधिक समस्या नआएमा आज कुवेतको समय बिहान ७ बजे उडान हुने तय भएको छ ।

नेपाली दूतावासका अनुसार कुवेतमा ६९ हजार ६ सय ५४ जना नेपाली कामदार रहेका छन् । त्यसमध्ये निजी क्षेत्रमा ४९ हजार ३१६, घरेलु कामदार १९ हजार ७८७, पारिवारिक ४४३ र सरकारी क्षेत्रमा १२८ जना छन् ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार २१:३२