एनआरएनए यूरोप संयोजक शिव कुमार बरुवालको ११ बुँदे प्रतिबद्धतासहित सचिवमा उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप संयोजक शिव कुमार बरुवालले ११ बुँदे प्रतिबद्धतासहित आइसिसी सचिवमा आफनो बलियो उम्मेदवारी घोषणा गर्नुभएको छ । यूरोप संयोजक भएर कार्यकाल निकै उपलब्धीमूलक र सफलतापूर्वक सम्पन्न गर्नुभएको बरुवालले विभिन्न एजेन्डा प्रस्तुत गर्नुभएको हो ।  बरुवालले जारी गर्नुभएको प्रतिबद्धता जस्ताको तस्तै

प्रतिबद्धता :-

१. एन आर एन ए को संजाल लाई थप देशहरुमा बिस्तार गर्दै एनआरएनएको पञ्जीकृत सदस्यता लिने प्रक्रियालाई सहज बनाई धेरै भन्दा धेरै पञ्जीकृत सदस्य बनाउने ।

२. एनआरएनएलाई सबै डायस्पोरामा छरिएर रहेका नेपालीहरुको अपनत्व हुने साझा संस्था र सबैको पहुँच तथा प्रतिनिधित्व हुने गरि अगाडि बढाउने ।

. हालसम्म देशको अर्थतन्त्र लाई धानेको वैदेशिक रोजगारी लाई थप मर्यादित , जोखिम मुक्त बनाउन पहल गर्ने वैदेशिक रोजगारी बाट गएको रेमिटेन्स लाई उत्पादन मुलक ठाउमा लगानी गर्ने बाताबरण बनाउने ।

४. हाल रहेको एनआरएनएको वैदेशिक श्रमीक कल्याणकारी कोषलाई बृद्धि गर्ने र वैदेशिक रोजगारीमा आएका सबै एनआरएनएले समस्या परेको बेलामा यो कोश लाई सहज तरिकाले उपयोग गर्न सक्ने बनाउने ।

५. एक पटकको नेपाली सधैको नेपाली हुन पाउनु पर्दछ भन्ने मुद्धालाई जोडदार रुपमा उठाउँदै हाललाई नेपालको संविधानमा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई सहज तरिकाले हाम्रा पुस्ता, पछिका भावी सन्ततीले पनि प्राप्त गर्ने खालको ऐन बनाउन नेपाल सरकासँग माग गर्दै आवश्यक पहल गर्ने ।

६. एनआरएनएको काठमाडौंमा रहेको सचिवालयलाई थप ब्यवस्थित गरि सबै एनआरएनहरुको सूचनाको केन्द्रको रुपमा विकास गर्ने, नेपाल पुग्दा सबैको सम्पर्क कार्यालयको अनूभूति हुने गरि विकास गर्ने ।

७. नेपाल राष्ट्रको सम्मृद्धिको आधार पर्यटनलाई प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार गर्न पर्यटन प्रबद्र्धनलाई अभियानको रुपमा सबै देशहरुमा लैजाने ।

८. हामीले विदेशमा मिहेनत गरेर आर्जन गरेको ससानो पूँजीलाई एकीकृत गरि संयुक्त रुपमा नेपाल सरकारसँग सहकार्य गरि नाफामूलक योजनाहरुमा लगानी गर्ने र गरिएको लगानी बाट अएको मुनाफा सजीलै चाहेको बेला ल्याउन सक्ने एन कानुन बनाउन पहल गर्ने ।

९. विदेशमा जन्मेका युवा पुस्तालाई नेपाल सङ्ग र एनआरएनएसँग जोड्न विभिन्न प्रकारका खेलकुद र अतिरिक्त क्रियाकलप आयोजना गर्ने र छुट्टै एन आर एन खेलकुद एकेडेमी बनाउने ।

१०. खाडीलगायत मलेसियामा रहेका नेपाली श्रमीका आवाजलाई सशक्त ढंगले उठाउँदै एनआरएनएलाई नेपाली श्रमीक वर्गको हितमा केन्द्रित गराउन पहल गर्ने । साथै नेपाली श्रमीक वर्गका समस्याको पहिचान गर्दै समाधान को लागि नेपाल सरकारसँग सहकार्य गरेर समाधानमा आवश्यक पहल गर्ने ।

११ . एन आर एन ए लाई सबल सस्थागत र दिगो रुपमा बिकास गर्न भिजन २०२० एन्ड बियोण्ड को अबधारण अनुसार सस्थाको नीति कार्यक्रम र सम्रचाना तयार गर्दै लैजाने ।


प्रकाशित | १३ आश्विन २०७६, सोमबार १०:२९