नेपालमा थप ९६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ५८४ पुग्यो

काठमाडौं : देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। कोभिड १९ अस्पताल जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्।

बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

धरानबाट झापाका २८ पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्।

हलसम्म देशभरबाट कोरोना संक्रमण भई उपचार पछि निको हुनेको संख्या ५८४ जना पुगेको छ। जसमध्ये ५०७ र महिला ७७ रहेका छन्।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १७:५०