बालबालिकाहरूसँग कोभिड १९ सम्बन्धी अन्तर्क्रिया गर्दै एनआरएनए स्वास्थ्य समिति

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिले बालबालीकाहरुसँग कोभिड १९ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । यही जुन १३ तारिख आईतवार बिहान ९ बजे (नेपाली समय सॉझ ६ः ४५) बालबालिकाहरूसँग कोभिड १९ सम्बन्धी अनलाईन अन्र्तक्रिर्या कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा अमेरीका, क्यानाडा, यूके, अस्ट्रिया, ईटाली, नाईजेरीया, साउदी अरेविया, बहराईन, यूएई, साउथ कोरिया, चाईना र नेपालका ५ बर्ष देखि १२ बर्षका एक दर्जन भन्दा बढी बालबालिकाहरूले भाग लिनेछन्। आजका बालबालिकाहरू नै भोलीका कर्णधार भएकोले हाल बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को बारेमा उनीहरूको राय बुझ्ने हेतुले आयोजना गरिन लागिएको हो । उक्त फेसबुक लाईभ कार्यक्रमको उद्घाटन एनआरएनए आईसीसी अध्यक्ष कुमार पन्तले गर्नुहुनेछ।

एनआरएनए आईसीसीको अमेरिकाज् क्षेत्रको युवा संयोजक बिमला सापकोटाले संयोजन गर्नु भएको उक्त कार्यक्रमलाई सफल बनाउन एनआरएनए आइसिसी हेल्थ कमिटीका संयोजक डा. सन्जीव सापकोटा, उपसंयोजक सत्य नारायण चौधरी र आईसीसी सदस्य यासमिन बेगम सैयदले सहयोग गरिराख्नु भएको छ।

बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिने उक्त कार्यक्रमको संचालन क्यानाडाका सभ्यता शर्मा (बर्ष १०) र एलिस कार्कीले (बर्ष १२) ले गर्नुहुनेछ। एनआरएनए आईसीसीका स्वास्थ्य कमिटीका संयोजक डा. संजीव सापकोटाले उक्त कार्यक्रममा बालबालिकाहरूले कोरोना भाईरको बैज्ञानिक पक्ष, यसको रोकथाम, लक्षण र यसले पार्ने मनोबैज्ञानिक पक्षहरूको बारेमा खुलेर क्षलफल गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमका संयोजक बिमला सापकोटाले कार्यक्रम हेरेर बिश्वभरी छरिएर रहेका बालबालिकाहरू थप लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १०:०९