केरुङ्ग नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै आपूर्ति मन्त्री भट्टलाई ८ बुँदे ज्ञापनपत्र

काठमाडौं: रसुवा भन्सार नजिकको चीनीया नाका स्थित केरुङ्ग गोदाममा तीन महिनादेखि दस अर्बभन्दा बढीको सामाग्री थन्किएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको ध्यानर्कषण गराइएको छ ।

गैर आवासीय नेपाली संघ चीनको नेतृत्वमा गएको ब्यवसायीसहितको टोलीले मन्त्री भट्टलाई नाका बन्द हुँदा ब्यवसायीलाई परेको विभिन्न समस्याको बारेमा ध्यानर्कषण गइराएको हो । सो अवसरमा मन्त्री भट्टलाई एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले ब्यवसायीका विभिन्न समस्या समावेश गरिएका ८ बुँदे ज्ञापनपत्र पनि बुझाउनुभयो ।

Image may contain: 1 person, sitting, table and indoor

मन्त्री भट्टलाई बुझाइएको ज्ञापनपत्रमा चीनका विभिन्न शहरबाट खरीद गरिएका हाईड्रो कम्पनीका मेसीन, उद्योग संचालनमा आवश्यक कच्चा पदार्थ, तयारी लत्ता–कपडा, जुत्ता, कस्मेटीक, इलेक्ट्रोनिक, निर्माण लगायतका झण्डै दश अर्वका सामग्री विगत चार महिना देखी रसुवा भन्सार नजिकको चीनीया नाका स्थित केरुङ्ग गोदाममा थन्किएकाले हाइड्रोको काम अगाडी बढ्न नसकेको, विभिन्न उद्योगहरु सन्चालनमा आउन नसकेका र अन्य सामानहरुमा सड्ने, गल्ने र जम्ने जोखिम रहेकाले उक्त सामान समयमै आयात गरी अबौं रुपैया नोक्सान हुनबाट जोगाउनका लागि आग्रह गरिएको छ ।

Image may contain: 2 people, including Pradip Neupane, people standing

ती सामान नेपाल प्रवेश गर्दा नेपाल सरकारलाई समेत झण्डै दुई अर्व बराबरको राजस्व संकलन हुने भन्दै चाँडो भन्दा चाँडो नाका सञ्चालनमा ल्याउन माग गरिएको हो । त्यस्तै, चीनको केरुङ्गमा रहेका सामानलाई तातोपानी नाका मार्फत ल्याउने चर्चा सुनिएकाले यसो गर्दा केरुङ्गमा रहेका १५ सय ट्रक सामान तातोपानी नाका पुर्याउन झण्डै ३० करोड रुपैया चीनीयाँ ढुवानीकर्तालाई बुझाउनुपर्ने भएकाले उक्त सामान रसुवा भन्सारबाटै ढुवानी गर्न मिल्नेगरी पहल गरिदिनुहुन पनि आग्रह गरिएको छ ।

Image may contain: 2 people, people sitting and indoor

एनआरएनए चीनका अध्यक्ष न्यौपानेले ज्ञापनपत्र बुझाउँदै रसुवा र तातोपानी मध्ये कुनै एक मात्र नाका संचालन गर्दा समय समयमा एक महिना भन्दा बढी समयसम्म अवरोध हुने गरेकाले दुबै नाका निरन्तर संचालनमा ल्याउन पनि आग्रह गर्नुभयो ।

साथै चीनको केरुङ्गबाट नेपाली ब्यवसायीका सामान ढुवानी गर्न प्रयोग गरीने नेपालका ट्रक ब्यवसायीहरुको करिव २०० वटा कन्टेनरहरु विगत चार महिना देखि चीनको केरुङ्गमै थन्किदा तिनको अवस्था के कस्तो छ भन्ने जानकारी नभएको र विभिन्न पार्टपुर्जाहरु विग्रिएर लाखौको क्षति पुगेको पनि मन्त्री भट्टलाई जानकारी गराइएको छ ।

त्यस्तैगरि, अन्तर्राष्ट्रिय बजारमा कतिपय दैनिक मुल्य परिवर्तन हुने बस्तुहरु पनि भन्सार मुल्याङ्कन सधैं एकनास रहनेगरी तोकिएकाले यस किसिमका सामानमा बैज्ञानिक विधिबाट मुल्याङ्कन तोक्न, भुक्तानी माध्यम टीटीको दायरा बढाउन र नेपाल र चीनको बढ्दो व्यापारलाई सहजीकरणकालागि नेपाली बैंक चीनमा र चीनीयाँ बैंक नेपालमा खोल्न पहल गर्नका साथै चीनमा नेपालको उच्च हिमाली भेगको जटिबुटीको माग अत्यन्त रहेकाले सोको प्रशोधन र निर्यातका लागि आवस्यक नीति निर्माणका लागि पनि आग्रह गरिएको छ ।

सो अवसरमा मन्त्री भट्टले ब्यवसायीको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने गरि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १०:३८