नेपालमा एकै दिन थपिए ९६८ जन कोरोना संक्रमीत

काठमाडौं – नेपालमा एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ। यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन्।

हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।


प्रकाशित | २३ पुष २०७८, शुक्रबार १८:१७