शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमीत ?

काठमाडौँ : नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३२३ सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् । शनिबारसम्म नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६ जना मध्ये २ जना मोरङ र चार जना सुनसरीका हुन् । यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने १ जना सप्तरी जिल्लाका हुन् । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ३ जना नवलपरासी जिल्लाका हुन् ।

यस्तैगरि, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा संक्रमण पुष्टि भएको छ । पोखराको प्रयोगशालामा गरिएको परीक्षण संक्रमण पुष्टि हुने १४ जना मध्ये कास्कीका ३ जना, स्याङ्जाका १० जना र बागलुङका एक जना रहेका छन् ।

धरानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८ जना मध्ये एक जना सुनसरी र ७ जना सप्तरीका हुन् । सेती प्रादेशिक अस्पताल धनगढीमा संक्रमण पुष्टि हुने १३ जना मध्ये बझाङका ६ जना रहेका छन् । यस्तै, कञ्चनपुरका १, काठमाडौँ घर भई हाल कञ्चनपुरमै रहेका काठमाडौँका २, अछामका १, कैलालीका २ र डडेल्धुराका १ जना रहेका छन् ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ४४ जना मध्ये ४३ जना दैलेखका हुन् भने एक जना डोल्पाका हुन् । सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ५७ जना मध्ये चारजना दैलेखका, १० जना सुर्खेतका, ३८ जना सल्यानका र ४ जना जाजरकोटका छन् ।

रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने १७ जना मध्ये ११ जना कपिलवस्तुका छन् । यस्तै अर्घाखाँचीका १, रुपन्देहीका ३ र नवलपरासीका २ जना रहेका छन् । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ३९ जना कपिलवस्तुका र ३५ जना महोत्तरीका छन् । यस्तै भक्तपुरका १, धनुषाका ८, काठमाडौँका ४, रौतहट ६ र सर्लाहीका २७ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् । पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार २०:४४