कर्णालीमा थप एक सय जनामा कोरोना पुष्टि, संक्रमीतको संख्या ४८९ पुग्यो

सुर्खेत: कार्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणको क्रममा ९७ र सुर्खेत प्रदेश अस्पतालमा गरिएको परिक्षणको क्रममा ३ जना गरि थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ९१ जना, जुम्लाका ३ जना, जाजरकोट, सुर्खेत, हुम्ला, गोरखा, दोलखा र रामेछापका एक एक जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित कार्णलीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४८९ पुगेको महाशाखा प्रमुख तिवारीले जानकारी गराउनुभयो ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत को फोटो।

प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार १६:१४