भारतमा एकै दिन थपिए २ लाख ५७ हजार कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ३८३ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेको मन्त्रालयको भनाइ छ । हाल भारतमा १६ लाख ६४ हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन् ।

 


प्रकाशित | ३ माघ २०७८, सोमबार १४:४५