सुनचाँदीको मूल्य बढेको बढ्यै, कति पुग्यो आज ?

काठमाडौंः सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । आज बजारमा मंगलबारको तुलनामा सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १३:२५