पोखरा : गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोना संक्रमित पुष्टी भएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जना नयाँ कोरोना संक्रमित पुष्टी भएका हुन ।
बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार ०९:४२