नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं: नेपालमा थप  ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिनुभएको हो ।

देवकोटाका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।  वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ । पछिल्लो विवरणअनुसार पर्साका १८ जना, पाटनबाट ५ जना र टेकुबाट १ जना गरी २४ जना डिस्चार्ज भएका छन् ।

जनसंख्या मन्त्रालयको सोमबार दिउसोसम्मको विवरणअनुसार पिसिआर विधिबाट गरिएको नमुनाको संख्या ५१ हजार ६ सय ४१ पुगेको छ । त्यसैगरी, आरडीटी विधि ९५ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार १६:४०