वैदेशिक रोजगारीमा जानेका लागि ५१ वटा स्वास्थ्य संस्था छनौट

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले ५१ वटा स्वास्थ्य संस्था छनौट गरेको छ । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना मार्फत निवेदन माग गरेकोमा १२६ परेकोमा त्यसमध्ये ५१ वटा स्वास्थ्य संस्था छनौट गरेको हो। आवेदन दिएका सबै स्वास्थ्य संस्थाहरुको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेको थियो । सोही टोलीको अनुगमन पश्चात् मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्थाहरुलाई छनौट गरी सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १८:५८