काठमाडौं: कोभिड १९ को कारण नेपाल फर्कन चाहाने अफ्रिकाबासी नेपालीलाई यही जुन १५ सम्म अनलाइन फाराम भरिदिन आग्रह गरिएको छ । नेपाली राजदूतावासको बेभसाइटमा गएर आफनो फाराम भरि जुन १५ सम्म आ आफनो सम्पूर्ण विवरण उपलब्ध गराइसक्न आग्रह गरिएको हो ।
एनआरएनए केन्या अध्यक्ष सुरज डुम्रेले नेपाल फर्कन इच्छुक नेपालीहरुलाई साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास बेभसाइटमा गइ अनलाइन फाराम भरिदिनु हुन आग्रह गर्नुभएको हो ।
अध्यक्ष डुम्रेका अनुसार नेपाली राजदूतावास साउथ अफ्रिकाले वैदेशिक रोजगारीका आएर कोभिड १९ को कारण समस्यामा परेका नेपालीलाई स्वदेश फीर्ताको लागि सहजीकरण गरिरहेको छ । त्यसको लागि जुन १५ सम्म फाराम भरिसक्न अध्यक्ष डुम्रेले आग्रह गर्नुभएको हो ।
अफ्रिकामा पनि कोभिड १९ को कारण धेरै कम्पनी तथा होटल रेष्टुरेन्ट बन्द भएको कारण अधिकांश नेपाली कामविहिन बन्नु परिरहेको छ ।

प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १९:०८