नेपालमा मुस्ताङसहित कोरोना संक्रमीत जिल्ला ७५ पुग्यो, आइतबार कुन जिल्लामा कति ?

काठमाडौं : मुस्ताङसहित आइतबार कोरोना संक्रमित जिल्ला ७५ पुगेको छ । आइतबार पहिलो पटक मुस्ताङका एक जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित कोरोना संक्रमित जिल्ला ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साँझसम्मको तथ्यांक अनुसार आइतबार ४२१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना , महोत्तरीका २ जना र सप्तरीका २ जना , नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा बाराका ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Ministry of Health and Population-Nepal को फोटो।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका १६ जना, डडेल्धुराका १४ जना, डोटीका १६ जना, गुल्मीका ५ जना, कैलालीका ३ जना, कपिलवस्तुका ११, नवलपरासी पश्चिमका २१ जना, नुवाकोटका १ जना, प्युठानका २० जना, रामेछाप र रुपन्देहीका १ र १ जना, सर्लाहीका ५ जना र सिरहाका ५२ जनाका संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा ललितपुरका १ र पाल्पाका २ जनाका कोरोना भेटिएको छ । धुलिखेल अस्पतालमा गरिएको प्रयोगशालामा अर्घाखाँचीका ४९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताउनुभयो।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बागलुङका २३ जना, कास्कीका १ जना, स्याङजाका १०, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना र तनहुँका ४ जनामा कोरोना पाइएको छ ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १० जना, गुल्मीका २ जना, कपिलवस्तुका १४ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका २ जना र रुपन्देहीका १ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १ जना, बर्दियाका ३ जना र रोल्पाका ३ जनामा कोरोना भेटिएको छ ।

यस्तै, गत २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० र रोल्पाका १ जना, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ जना, सल्यानका ६ जना र सुर्खेतका २ जनामा कोरोना पाइएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडेल्धुराका २७ जना, डोटीका ११ जना, कैलालीका २४ जना र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको छ ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रकाशित | ७ असार २०७७, आईतवार २०:३१