एनआरएनए म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन: चयन

म्यानमार: गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हुनु भएको छ । यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३-०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ ।

संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको छ ।

त्यस्तै, सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन हुनु भएको छ । अधिवेशनले डा. बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ ।

विभाग महासचिवमा तारा रिजाल र सचिवमा डा. सोनिया पोख्रेल चयन हुनु भएको छ भने अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ ।

नयाँ कार्यसमितिलाई म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र आईसीसी सदस्य सागर घिमिरेको उपस्थितिमा सपथ खुवाइएको थियो ।


प्रकाशित | १४ श्रावण २०८०, आईतवार ०९:०१