नेपाल फर्कन इच्छुक इटाली र स्वीटजरल्याण्डबासी नेपालीले ७ जुनसम्म विवरण उपलब्ध गराउनुपर्ने

रोम (इटाली ) : कोभिड १९ को कारण अप्ठयारोमा परि स्वदेश जानुपर्ने अवस्थामा रहेका इटाली र स्वीटजरल्याण्डबासी नेपालीले ७ जुनसम्म फाराम भरि नेपाली राजदूतावासलाई विवरण उपलब्ध गराउनुपर्ने भएको छ ।

नेपाली राजदूतावास स्वीटजरल्याण्डले कोभिड १९ को कारणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश जानैपर्ने अवस्थामा रहेका नेपालीलाई ७ जुनसम्म अनलाइन फाराम भरि विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

राजदूतावासले ८ जुनसम्म परराष्ट मन्त्रालयमा विवरण बुझाइसक्नु पर्ने भएकाले ७ जुन सम्मको समयसिमा तोकिएको एक बिज्ञप्ति जारी गर्दै जनाएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार २१:०७