ताइवानले भन्यो -रुसले जस्तै आक्रमण गर्ने प्रयास गरे चीनले ठूलो मूल्य चुकाउनुपर्छ

ताइवान – ताइवानका रक्षामन्त्री चिउ कुओचेङले बेइजिङले रुसले जस्तै आक्रमण गर्ने प्रयास गरे चीन र ताइवान दुवैले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्।

युक्रेनमा रूसी आक्रमणको बारेमा छलफल गर्न ताइवानको संसदको अधिवेशन अघि पत्रकारहरूसँग कुरा गर्दै चिउले भने, ‘हामी शान्तपूर्वक घटनाक्रम हेरिरहेका छौं र हामी सोही अनुसार तयारी गरिरहेका छौं।’

युक्रेनमा रुसको आक्रमणले ताइवानमा फेरि यस्तै अवस्थाको सामना गर्न सक्ने चेतावनी दिएको छ।

ताईवानले आफ्नै सरकार भएको स्वतन्त्र राष्ट्रको रूपमा हेर्छ। तर चीनले लामो समयदेखि टापुको लोकतन्त्रलाई टुक्रिएको प्रान्तको रूपमा हेर्दै आएको छ र यसलाई चीनमा गाम्ने प्रयास गरिरहेको छ ।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार १३:२८