सुदूरपश्चिममा ७ हजार ८६३ नेपाली भित्रिए, ७५० भारतीय बाहिरिए

चाँदनी आचार्य /लम्की

सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाली नेपाल भित्रिने क्रममा आइतबार सात हजार ८६३ नेपाली भित्रिएका छन् भने ७५० भारतीय नागरिक बाहिरिएका छन् ।

भारतका विभिन्न शहरबाट आएका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर प्रवेश गरेका हुन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार तीन हजार ५८ जना गड्डाचौकी नाका भएर नेपाल भित्रिएका छन् भने १५३ जना भारतीय नागरिक बाहिरिएका हुन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट तीन हजार ८२१ नेपाली नेपाल भित्रिनुका साथै ६१२ भारतीय नागरिक बाहिरिएको बताउनुभयो । बैतडीको झुलाघाटबाट भने आइतबार नेपाली भित्रिएका छैनन् ।

योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ६३ हजार पुगेको छ । लकडाउन लागु भएसँगै बन्द भएका सीमा नाका भारतमा अलपत्र परेका ठूलो नेपालीको सङ्ख्या आउन थालेपछि खोलिएको थियो ।

जेठ २ गते बाट खुल्ला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रम बढ्दै गएको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धारसमेत गरेको छ ।आजको गोरखापत्र दैनीकबाट


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार ०७:१३