चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा: मकवानपुरको गढीगाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका ५ देउरालीमा एक जनाको मृत्यु भएको हो। मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मृत्यु हुनेमा २७ बर्षीया फुलमाया पाख्रिन हुन्। चट्याङले मनहरी गाउँपालिका ३ मा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन्।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १६:४२