आईसीसी यू -१९ विश्वकप एसिया छनोट : ओमानसँग भिड्दै नेपाल

एजेन्सी: मलेसियामा जारी आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । सिँगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । थाईल्यान्डसँग १ रनले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन बनेको छ। यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०८:१३