नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभागको संयोजकमा चाँगुनारायणका मेयर जीवन खत्री मनोनीत

भक्तपुर : चाँगुनारायण नगरपालिकाको प्रमुख जीवन खत्री नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभागको संयोजक पदमा मनोनित हुनु भएको छ ।

होटेल एभरेस्टमा भएको नेपाल नगरपालिका संघ केन्दीय समितीको बैठकले मेयर खत्रीलाई संयोजक पदमा मनोनयन गरेको हो । मनोनीत खत्रीलाई संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, चाँगुनारायण नगरपालिका वडा नंं १ का वडाध्यक्ष सिजन कार्की वन वातावरण तथा ब्यवस्थापन विभागको सदस्यमा मनोनीत हुनु भएको छ । यता कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापा भने सामाजिक सुरक्षा र समावेशीकरण विभागको सदस्यमा मनोनीत हुनु भएको छ ।

सोमबार सम्पन्न बैठकमा ७ वटै प्रदेशबाट जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो । बैठकले पालिकामा देखिएका समस्याहरुको बारेमा छलफल गरेको थियो । साथै पालिकामा बिज्ञापन, पर्यटन र स्वास्थमा देखिएका समस्या तथा समाधानको बारेमा समबन्धित बिभागका बिज्ञहरुबाट प्रस्तुति भएको थियो ।

बैठकले नगरपालिका संघको मंगलबार हुने स् जन्मोत्सब कार्यक्रम भब्य रुपमा मनाउने निर्णय सहित ७ वटै प्रदेशबाट १४ वटा बिभाग समेत गठन गरिएको छ । विभागमा बिभिन्न प्रदेश, जिल्लाका नगर प्रमुख, नगर उपप्रमुख र वडा अध्यक्षहरु बिभागीय समितिमा रहनु भएको छ ।


प्रकाशित | २८ फाल्गुन २०८०, सोमबार २२:४१