वीरगञ्जमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी गराउनुभयो ।

डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्थायी अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।


प्रकाशित | १४ जेष्ठ २०७७, बुधबार १०:०९