कालिञ्चोक गाउँपालिका-४ मा एमालेको चुनावी सभा, स्थानीयको भब्य सहभागिता

चरिकोट : नेकपा एमालेले कालिन्चोक गाउपालिकामा घरदैलो कार्यक्रम तथा चुनावी सभालाई तीब्रता दिएको छ । विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई तीब्रता दिएको एमालेले बुधबार कालिन्चोक गाउँपालिका वडा नं. ४ स्थित लामिडाँडामा चुनावी सभा आयोजना गरेको छ । स्थानीयको बाक्लो सहभागिता रहेहेको चुनावी सभालाई एमालेका पोलिटब्युरो सदस्य आनन्द  पोखरेल र पार्वत गुरुङलगायतले सम्बोधन गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is 4-1024x768.jpg

सो अवसरमा नेता पोखरेलले कालिन्चोकमा प्रमुख, उपप्रमुख सहित सबै पदमा एमालेको जीत सुनीश्चित रहेको भन्दै अझ एकजुट भएर अगाडि बढ्न आग्रह गर्नु भयो । कालोन्चोकको समृद्धि र बिकासको लागि अहिलेको नेतृत्व आवश्यक ठानेर एमालेले उम्मेदवार बनाएको पनि बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-1-1024x768.jpg

नेता गुरुङले कालिन्चोक गाउँपालिका प्रमुखमा एमालेले योग्य, इमानदार र असल ब्यक्तीलाई उम्मेदवार बनाएको बताउनु भयो । नेता गुरुङले भन्नु भयो, ‘सामाजीक भावनाले प्रेरित गणेश शिवाकोटी जितेर समाजसेवा र समाजको रुपान्तरणको काम गर्छु, विकास गर्छु भनेर नभई जुन दिनदेखि राजनीतिक चेतना भयो, त्यो दिनको शुरुवातदेखि नै समाजसेवामा सर्मपीत रहँदै आएको, सबैसँग घुलमिल हुन सक्ने, मिल्न सक्ने, समन्वय गर्न सक्ने र सबैसँग साझा रुपमा प्रस्तुत हुन सक्ने ब्यक्ती हो ।’

This image has an empty alt attribute; its file name is 6.jpg

कुनै पनि विषयमा प्रश्न उठाउनु नपर्ने कही कतै विवादमा नभएको ब्यक्तीलाई एमालेले उम्मेदवार बनाएको भन्दै कालिन्चोक गाउँपालिकाको समृद्धिको लागि गाउँपालिका प्रमुखका उम्मेदवार शिवाकोटी र उपप्रमुखको उम्मेदवार कविता थामीलाई विजयी गराउन आह्रवान गर्नु भयो।

कार्यक्रममा कालिन्चोक भुगोल भएका प्रदेश नेता बालकृष्ण शिवाकोटी, डबल पाण्डे, कालिका पाठक, बिन कुमार थामीलगायतले कालिन्चोकको समृद्धि, विकास र अधुरा योजना पुरा गर्न एमालेको नेतृत्व अपरीहार्य भएको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 2.jpg

कार्यक्रममा गाउँपालिकामा प्रमुख पदका उम्मेदवार गणेश शिवाकोटीले अघिल्ल्लो चुनावमा एमालले ६ वटा वडासहित प्रमुख र उपप्रमुखमा विजयी हासिल गरेको स्मरण गर्दै हिजोको दिनमा पनि एमालेका विरुद्ध गठबन्धन भएकाले गठबन्धन अघिल्लो चुनावमै फेस गरिसकेको बताउनु भयो । कालिन्चोक गाउँपालिकामा अन्य पार्टी छाडेर एमाले प्रवेश गर्नेको लहर छाएको बताउँदै गठबन्धन आफुहरुको लागि कुनै नौलो र चुनौतीको विषय नभएको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा उपप्रमुखको उम्मेदवार कविता थामी, वडा अध्यक्षका उम्मेदवार कमल घिमिरेले जनताको पार्टी एमाले भएको बताउँदै एमालेका उम्मेदवारलाई विजयी गराउन आह्रवान गर्नु भएका थियो


प्रकाशित | २१ बैशाख २०७९, बुधबार १९:०१