गैर आवासीय नेपालीको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आगामी सेप्टेम्बर १८-२० तारिखमा हुने

काठमाडौं:  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आउँदो सेप्टेम्बर १८, १९, २० तारिख २०२० मा आयोजना गरिने भएको छ ।

आइतबार सम्पन्न स्वास्थ्य समितिको भिडियो कन्फिरेंसी मिटिङले सम्मेलन आगामी सेप्टेम्बर १८ देखि २० सम्म गर्ने निर्णय गरेको हो । सम्मेलन भर्चुअल हुने समितिका अध्यक्ष डा. संजीव सापकोटाले जानकारी गराउनुभयो ।

गत सेप्टेम्बर २० ,२१ र २२ , २०१९ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्लेलन आयोजना गरेको थियो । समिति अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनु पनि उत्तिकै आवश्यक ठानेर मिती तय गरिएको जानकारी गराउनुभयो ।

वर्तमान अबस्थामा कोभिड १९ को विश्व महामारीको कारणले गर्दा धेरै ब्यक्तिहरुको भौतिक उपस्थिति सम्भब नदेखिएको हुँदा कन्फिरेंसी मिटिङ वा मिश्रित मिटिङ कुन उपयोगी हुन्छ त्यो सम्बन्धमा आपसी सर सल्लाहमा पछि नै निर्णय हुने गरि अहिलेलाई मितिको सम्बन्धमा मात्र निर्णय गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

बैठकले कमिटीमा केही सदस्यहरुलाई समेत थपेको छ । जसमा कतारबाट डा. नितेश अर्याल ,पोल्याण्डबाट डा. बोध सुबेदी, क्यानाडाबाट डा.सरोज निरौला, अमेरिकाबाट स्नेहा क्षेत्रीलाई थपीएको हो ।

त्यस्तै, बैठकले समय अभावको कारणले दिनु भएको केही सदस्यहरुको राजीनामा पनि स्वीकृत गरिएको छ । उहाँहरुले बाहिर रहेर पनि कमिटीलाई सकेको सहयोग गरिरहने बताउनुभएको छ । बैठकले चाँडै नै केही अन्य कार्यक्रमहरु सेमीनार तथा अन्तरक्रिया पनि गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिड १९ ले नेपालमा पार्दै गएको बढ्दो असर लगायतका बिषयहरुमा प्रादेशिक एबं केन्द्रीय सरकारसँग अन्तरक्रिया कार्यक्रम, डाक्टर डाक्टरहरु बीचमा अनुभब आदान प्रदान सेमीनार, नर्स नर्सहरु बीचमा अनुभब आदान प्रदान, बालबालीकाहरु बीच कोभिड १९ को बिश्वमहामारीको बारेमा स्वयंमा अन्तरक्रिया र विश्व धुम्रपान रहित दिबसको उपलक्ष्यमा धुम्रपान छोडाउने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

साथै कमिटिका बिबिध कार्यक्रम तथा गतिविधिहरु सम्बन्धमा मासिक रुपमा समाचार तथा लेख प्रकाशित गर्ने सम्बन्धमा पनि निर्णय गरिएको छ ।

बैठकमा कोभिड १९ को विश्व महामारीले नेपालीहरुमा पुर्याएको पछिल्लो असर बारेमा पनि चर्चा भएको थियो भने अघिल्ला बैठकहरुको काम र प्रगतिको बारेमा पनि छलफल भएको थियो ।

बैठकमा कोभिड महामारीबाट विश्वभरि अहिलेसम्म १२ हजार ८ सय २१ जना नेपालीहरु संक्रमित भइसकेको तथा १ सय १७ जना नेपालीहरुले यो रोगको कारण ज्यान गुमाई सकेको पनि जानकारी गराइएको थियो ।

कमिटिका अध्यक्ष डा. सन्जिब सापकोटाको अध्यक्षतामा भएको उक्त बैठकमा डा.कुश श्रेष्ठ, डा. सत्य चौधरी, डा. सुनिल साह, डा. चिरन्जिबी भट्टराई, बिमला सापकोटा लगायतका ब्यक्तिहरु हुनुहुन्थ्यो ।


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार १२:२९