शेयर बजार दोहोरो अंकले बढ्यो: १ अर्ब ६७ करोड कारोबार

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । यो दिन नेप्से सूचक २२.३९ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१८ अंकले बढेर २८२.८५ बिन्दुमा रोकिएको छ ।

आज १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता सेयर १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार दश उप समूहको कारोबार हुँदा होटल ९०.४, डेभलपमेन्ट बैंक ६.१, जलविद्युत ६२.५८, निर्जीबन बीमा कम्पनी ४६२.७९, उतपादन तथा प्रशोधन ४६.३७, अन्य ५.६३, माइक्रोफाइनान्स ९१.०८ र जीवन बीमा समूहको ६२९.३८ अंकले बढेको छ ।

सबै उपसमूहको कारोबारमा बढोत्तरी हुँदा बैंकिङ ९.०२ र वित्तमा भने ०.६८ अंकले गिरावट आएको छ । आइतबार कारोबार रकममा आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । यो दिन यो बैंकको २३ करोड १९ लाख ६० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै देस्रो र तेस्रो स्थानमा क्रमशः छिमेकी लघुवित्त वित्तीय संस्था र प्राइम कमर्शियल बैंक रहेको छ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १८:०२