एनआरएनएद्धारा पत्रकार महासंघ, आर्थिक पत्रकार र वैदेशिक पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले फ्रन्ट लाईनमा बसेर काम गरिरहेका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गैर आवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ३ वटा पत्रकार संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु वितरण गरेको हो ।

एनआरएनए उपाध्यक्ष सोनाम लामाले तीनै संस्थाका प्रतिनिधिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गर्नुहुँदै उपाध्यक्ष लामाले फ्रन्ट लाईनमा काम गर्ने पत्रकारलाई कोरोनाबाट सुरक्षीत रहन सहयोग पुगोस भन्ने उद्देश्यले संघले स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघलाई केएन ९५ मास्क १०० थान, सर्जिकल मास्क २०० थान, थर्मोमिटर २ थान, पन्जा १०० थान ज्याकेट २०, चस्मा. २० थान र जुता कभर २० थान सहयोग हस्तान्तरण गरिएको हो ।

आर्थिक पत्रकर समाज नेपाल (सेजन) लाई केएन ९५ मास्क ५० थान, सर्जिकल मास्क २०० थान, थर्मोमिटर २ थान, पन्जा १०० थान, ज्याकेट १५, चस्मा. १५ थान र जुता कभर १५ थान हस्तान्तरण गरिएको हो ।

वैदेशिक रोजगार पत्रकार समाज नेपाललाई केएन ९५ मास्क ५० थान, सर्जिकल मास्क २०० थान, थर्मोमिटर २ थान, पन्जा १०० थान ज्याकेट १५, चस्मा १५ थान र जुता कभर १५ थान हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा संघका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार ०८:२८