कोलकतामाथि राजस्थानको रोमान्चक जित

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्समाथि राजस्थान रोयल्सलले ३ विकेटको रोमान्चक जित हात पारेको छ ।  १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको राजिस्थानले ४ बल अगाडी ७ विकेट गुमाउँदै पुरा गर्यो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । पहिलो बलमा जोफ्रा आर्चरले प्रसिद्ध कृष्णलाई चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै खेल जिताए । आर्चर १२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २७ रनमा अविजित रहे । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका युवा खेलाडी रियान परागले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा हिट विकेट आउट भए ।

त्यस्तै कप्तान अजिंक्या रहाणेले २१ बलमा ५ चौका र १ छक्का सहित ३४,सन्जु स्यामसन २२,स्टिभ स्मिथ २ र बेन स्टोक्स ११ रनमा आउट भए । स्टुअर्ट बिन्नी ११ र श्रेयस गोपाल १८ रनको योगदान दिए । कोलकताका पियुष चवलाले ४ ओभरमा २० रन खर्चेर ३,सुनिल नारायण २,प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान इडेन गार्डेन टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिक शतक बनाउन चुके । अन्तिम ओभरको अन्तिम बलमा चार रन चाहिएको अवस्थामा १ रन मात्र बनाएपछि कार्तिक शतक बनाउन ३ रनले चुकेका हुन् । कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे ।

कोलकताले पहिलो ओभरको तेस्रो बलमै ओपनर क्रिस लिनलाई शून्यमा गुमाएको थियो । सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ र सुनिल नारायण ११ रनमा आउट भए । कार्लोस ब्रेथवेट ५ रनमा आउट हुँदा रिन्कु सिंह ३ रनमा अविजित रहे । बरुन आरोनले २,ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ०८:३१