राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक तथ्यांक तयार, भोलि सार्वजनिक गरिने

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक तथ्यांक तयार गरेको छ । विभागले तयार पारिएको तथ्यांक भोली सार्वजनीक गर्ने भएको छ ।

नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो ।


प्रकाशित | ११ माघ २०७८, मंगलवार १०:४९