कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित

बुटवल : कोरोना सङ्क्रमण बढिरहेको कपिलवस्तुमा दुई जना पत्रकार पनि सङ्क्रमित हुनुभएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले शुक्रबार थपिएका नौ जनामध्ये दुई जना स्थानीय पत्रकार पनि रहेको बताउनुभयो ।  गोरखापत्र अनलाइनलाई उद्धृत गर्दै प्रजिअ पौडेलका अनुसार उहाँहरू २४ र २९ वर्षका हुुनुहुन्छ । कपिलवस्तुमा अहिलेसम्म ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १२:४४