एनआरएनए जापानद्धारा नेपालको मिचिएको भुभाग समेटी नक्सा जारी गरेकोमा सरकारको प्रशंसा

टोकियो:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले भारतले अतिक्रमण गरेको नेपाली भुभाग समेटी नयाँ नक्सा जारी गरेकोमा सरकारको निर्णयलाई प्रशंसा सहित स्वागत गरेको छ ।

भारतको हेपाह प्रवृत्तिलाई चुनौती दिँदै गुमेको भुभाग लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रलाई समेटी सरकारले नयाँ नक्सा जारी गर्नु सराहनीय कार्य भएको जनाएको हो । एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै  सो निर्णयको स्वागत समेत गरेको हो ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १८:२१