नेपालमा थप ९ जनामा संक्रमण, कुल संख्या ४५३ पुग्यो, ४९ जना उपचारपछि निको भए

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्।

देवकटाका अनुसार रुपन्देहीमा १ जना २७ वर्षीय पुरुष जो श्रीलंकन गेस्टहाउस क्वारेन्टाइन लुम्बिनिमा रहेका छन् । त्यसैगरी, झापामा ८ जना पुरुषहरू १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय रहेका छन् ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिनुभयो ।  कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १६:३५