लकडाउन थप कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनुलाई अझै कडाइ गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री ओलीले बालुवाटारमा मंगलवार दिउसो बसेको मन्त्रीपरिषद् बैठकका क्रममा अझै कडाइ गर्न निर्देशन दिएका हुन् ।

कोरोना संक्रमण थप भयावह हुनसक्ने भन्दै उनले थप कडाई गर्न निर्देशन दिएका हुन ।उक्त कुरालाई उद्दृत गर्दै प्रम ओलीले आर्थिक गतिविधी भन्दा मानिसको जीवन महत्वपूर्ण रहेको बताएका छन् ।

उपत्यकामा लकडाउन खुकुलो भएसँगै सडकमा सवारी चाप बढेको देखिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको बताइएको छ ।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले शुक्रवारबाट काठमाडौंमा भने लकडाउन केही खुकुलो बनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतले आइतवारबाट नियमित काम कारबाही अगाडि बढाइरहेका छन् । आजको नागरिक दैनीकमा यो समाचार छ ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार ०९:०१