तनहुँका सबै स्थानीय तहका वडामा नेकपाको एकीकरण

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडा सम्म नै एकीकरण पूरा भएको छ । तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुंगो लागेको हो । जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो। सोहीअनुसार सबै स्थानीय तहले साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयन्त्रका सदस्यको भेला गराई वडा कमिटीमा रहनेको नाम जिल्ला संयन्त्रलाई सुझाव दिएको थियो। वडा कमिटीको एकीकरण पूरा भएपछि अब गाउँपालिका कमिटी र नगरपालिका कमिटीको एकीकरण गरिने सो पार्टीले जनाएको छ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १७:४७