हङकङ उडान गर्ने यात्रुहरुको पासको नामावाली ७७ ओटै जिल्ला प्रशासन कार्यालय पुग्यो

काठमाडौं: नेपालमा रोकिएका १ हजार १ सय २ हङकङबासी नेपालीहरुको हिमालय एअर लाईन्सबाट हुने उडानको लागि काठमाडौं सम्म जाने पासको ब्यबस्था गर्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई नामावली सहित पत्राचार गरेको छ ।

गत महिना चार्टर फ्लाइटको लागि एअर लाईन्सलाई अग्रिम २ करोड भुक्तानी गर्न समस्या भएपछि अडकिएका हङकङबासी नेपालीलाई हङकङ उडान हार्बेस्ट मुन ट्राभलले महामारीमा मानवीय हिसाबले ट्राभल नै ग्यारेन्टी बसी हिमालय एअर लाईन्स मार्फत जम्मा रु ६३ हजारमा हङकङ उडानको लागि सहयोग गरेसँगै ११ सय बढी हङकङबासी नेपाली यहीँ मे २२ देखि २८ सम्म हङकङ उडान गर्न पाउने पाएका हुन ।

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टीका) का अनुसार उडानको लागि नेपाल सरकारबाट लिनुपर्ने सम्पुर्ण प्रकृया पुरा भइसकेको छ । हङकङ पुगे पछी १४ दिन क्वारेन्टाइनमा बस्न र खानाको ब्यबस्थापनको लागि हङकङ सरकारसँग पत्राचार समेत भइरहेको छ । हङकङ सेक्युरिटी ब्युरो, सिभिल एभिलेसन लगायतका अन्य निकायको पत्र प्राप्त हुन साथ उडान शुरु हुने अध्यक्ष गुरुङले बताउनुभयो ।

एनआरएनए हङकङका अध्यक्ष गुरुङले नेपालमा अडकिएका हङकङबासी नेपालीहरुको लागि सस्तो दरमा हिमालयन एअर लाईन्ससँग समन्वय गरेको प्रति हङकङमा रहेका नेपालीबाट संचालित केहि ट्राभल एजेन्सी खुशी छैनन्।

हङकङमा रहेका ट्राभल एजेन्सीहरु केही दिन देखी आरए चार्टर गर्ने तयारीमा लागेको र हिमालयन एअर लाइन्स हङकङ आउनै नमिल्ने भ्रम फैलाउने काम गरि रहेका छन।

आरए चार्टर गर्दा वाईड बढीको प्रति यात्रु रु ७० हजार र न्यारो वडिको प्रति यात्रु रु ८० हजार पर्न आउँछ तर यो अप्ठ्यारो घडीमा पनि टिकट शुल्क १ लाख तोकेर आरएको बिमान २४ मे मा उडान हुने हङकङको हिमालयन ट्राभलले दाबी गरेको छ।

उता पररास्ट्र मन्त्रालय, कोभिड १९ उच्च स्तरिय समिती, पर्यटन मन्त्रालयबाट आज सम्म आरए हङकङ उडानको लागि बुझ्दा निवेदन दर्ता र स्वीकृति नलिएको बुझिएको छ ।

हङकङबासी नेपालीका परिवार नेपालमा अडकिदा धेरै बाल बच्चाको मे २७ बाट शुरु हुने स्कुल छुट्ने र धेरै नेपालीको जागीर छुटने चिन्ता रहेको एक यात्रुले बताए ।


प्रकाशित | ७ जेष्ठ २०७७, बुधबार ११:५६