सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्नुहोस्ः मन्त्री अर्याल

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले नयाँ नक्सा सार्वजनीक गर्ने भन्दै सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री अर्यालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटिपूर्ढा नक्सा प्रयोग नगरी दिनुहुन विनम्र अनुरोध गर्दछु ।’

सोमबार मन्त्रिपरिषदको बैठकले नेपालको परिमार्जित नक्सा पारित गरिएको थियो ।


प्रकाशित | ६ जेष्ठ २०७७, मंगलवार १३:५४